आँधीखोला गाउँपालिकाको प्रतिक चिन्ह सार्वजनिक
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले ऐतिहासिक ,धार्मिक क्षेत्रहरु समेटेर गाउँपालिकाको पहिचान झल्कने खालको लोगो गाउँपालिकाका अध्यक्ष सुधिर पौडलद्धारा सार्वजनिक गरिएको छ । प्रतिक चिन्हको माथिल्लो भागमा गाउँपालिकाको नाम र सो नामको बिचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । त्यसैगरि तल्लो भागमा राखिएको रिवनमा गाउँपालिकाको ठेगानमा जोडेर दुवैतर्फ धानको बाला देखाइएको छ ।
प्रतिक चिन्हको गोलाकार भागले यस गाउँपालिकाका विभिन्र पक्षहरुलाई झल्काउने काम गरेको छ । उदाउँदो सूर्य सहित रहेको हरियाली डाँडाकाँडा तथा रुखहरुले गाउँपालिकाको प्राकृतिक सौन्दर्यतालाई झल्काएको छ ।आँधीखोलाको नक्सा समेटेका उक्त प्रतिक चिन्हले अन्धाअन्धी दहबाट झरेको झरना आँधीखोलामा मिश्रण भएको भावलाई झल्काएको छ ।
साथै कृषि क्षेत्रलाई गाउँपालिकाको समृद्धिको आधार देखाउन दुई जना व्यक्तिले खेतमा काम गरिरहेको र लैङ्गिक समानता , एकता सहकार्यलाई झल्काउन महिला पुरुषले हात मिलाएको देखाइएको र दुवै हातको छेउछेउमा नेपालको राष्ट्रिय फुल लालीगुराँस देखाइएको गाँउपालिकाका अध्यक्ष सुधिर कुमार पौडलले बताए ।