विन नेपाल लघुवित्त ग लाभांश घोषणा बोनस सेयर कति ?
प्रकाशित मिति : 28 March, 2022 11:57 am
काठमाडौं । विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाले गत आर्थिक वर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीलाई ११.५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीको हिजो चैत्र १३ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.५ प्रतिशत नगद लाभांश गरि कुल ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनी संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांश राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ ।