११ मंसिर २०८१, मंगलबार

स्याङ्जामा झण्डै साढे २ लाख मतदाता, कुन पालिकामा कति ?

प्रकाशित मिति :  28 March, 2022 12:12 pm


स्याङ्जा । सरकारले आगामी बैशाख ३० गते स्थानिय तहको निर्वाचन तोकेसँगै निर्वाचन आयोगले वैशााख ३० को निर्वाचनका लागि अन्तिम मतदाता नामावलीहरु प्रकाशन गरेको छ ।

स्थानिय तहको निर्वाचनमा स्याङ्जामा २ लाख ४० हजार ५३५ मतदाता हुने भएका छन् । जिल्लामा पाँच नगरपालिका र छ गाउँपालिका गरि एघार स्थानिय तह रहेका छन् । जसमा नगरपालिकाहरुमध्ये मतदाता भीरकोटमा सबैभन्दा कम र गाउँपालिकाहरुमध्ये फेदीखोलामा सबैभन्दा कम मतदाता रहेको छन् ।

पाँच नगरपालिकामध्ये वालिङ नगरपालिकामा ३९ हजार ६५९ मतदातामध्ये १९०७७ पुरुष र २०५८२ महिला रहेका छन् भने भीरकोट नगरपालिकामा २० हजार ४२७ मतदातामध्ये ९८०६ पुरुष र १०६२१ महिला रहेका छन् ।

पुतलीबजार नगरपालिकामा ३७ हजार ७०८ मतदातामध्ये १८ हजार २९० पुरुष र १९ हजार ४१८ महिला रहेका छन् भनेगल्याङ नगरपालिकामा २९ हजार ५५७ मतदातामध्ये १४ हजार ३९९ पुरुष र १५ हजार १५८ महिला रहेका छन् भने चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदातामध्ये १० हजार २४० पुरुष र ११ हजार ३०६ महिला रहेका छन् । त्यसैगरि छ गाउँपालिकामध्ये कालीगण्डकीमा १७ हजार ९३८ मतदाता मध्ये ८६३० पुरुष र ९३०८ महिला रहेका छन् भने फेदीखोलामा १२ हजार १६५ मतदाता मध्ये ५८१० पुरुष र ६३५५ महिला रहेका छन् ।

विरुवामा गाउँपालिकामा १६ हजार ५९९ मतदातामध्ये ८ हजार १३९ महिला र ८ हजार ४६० महिला रहेका छन् भने हरीनास गाउँपालिकामा १४ हजार ८१९ मतदातामध्ये ७ हजार १९६ पुरुष र ७ हजार ६२३ महिला रहेका छन् ।

अर्जुन चौपारीमा गाँउपालिकामा १३ हजार ८६७ मतदातामध्ये ६ हजार ९४९ पुरुष र ६ हजार ९१८ महिला रहेका छन् भने आँधीखोला गाउँपालिकामा १६ हजार २५० मतदातामध्ये ८ हजार १३० पुरुष, ८ हजार ११९ महिला र १ अन्य रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !