७ फाल्गुन २०८१, बुधबार

राप्रपाकाे केन्द्रीय कार्य सम्पादन समिति गठन

प्रकाशित मिति :  28 March, 2022 12:23 pm


काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन् । पार्टीको विधान अनुसार अध्यक्ष लिङ्देनले २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन् ।

समितिमा अध्यक्ष राजेन्द्र लिङ्देन,उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष बिक्रम पाण्डे, उपाध्यक्ष ध्रुब बहादुर प्रधान, उपाध्यक्ष रोशन कार्की , उपाध्यक्ष हेमजङ्ग गुरुङ ,उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्री डा.धवल शमशेर राणा,महामन्त्री भुवन पाठक,महामन्त्री कुन्ती कुमारी शाही,महामन्त्री राजेन्द्र गुरुङ,महामन्त्री प्रल्हाद साह रहेका छन् ।

त्यस्तै केन्द्रीय सदस्य दीपक बोहोरा,नवराज सुवेदी,हरि बहादुर बस्नेत,बालाराम घर्ती मगर जयन्त चन्द,टंक ढकाल,ठाकुर प्रसाद शर्मा, ऋषि बाबु परियार समितिमा रहेका प्रवक्ता एवं प्रचार विभाग प्रमुख महोन श्रेष्ठले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !