दोस्रो बजारमा नेष्डो समृद्ध लघुवित्त : कतिमा भयो पहिलो कारोबार ?
नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
कम्पनीको आइपीओ हिजो चैत्र १३ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएसँगै आजदेखि कारोबारमा आएको हो ।
बजार खुलेसँगै आज स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता ७४७ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको छ ।
पहिलो कारोबारका लागि नेप्सेले नेष्डोलाई न्यूनतम २६०.८४ रुपैयाँदेखि अधिकतम ७८२.५२ रुपैयाँ तोकेको थियो।
नेप्सेले कम्पनीको उक्त आइपीओलाई (एनईएसडीओ) कारोबार संकेत प्रदान गरेको छ ।
नेप्सेमा उक्त कम्पनीको कुल २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको छ । जसमा संस्थापक समूहको १७ लाख २१ हजार २५० कित्ता (६७.५ प्रतिशत) र सर्वसाधारणको ८ लाख २८ हजार ७५० कित्ता (३२.५ प्रतिशत) रहेका छन्।
नेष्डोले गत फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म ८ करोड २८ लाख ७५ हजार रुपैयाँबराबरको आईपीओ बिक्री गरेको थियो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको थियो।