११ मंसिर २०८१, मंगलबार

साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  28 March, 2022 12:50 pm


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि चैत १५ गतेदेखि चैत ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।यसको मतलब आज चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले यही चैत ३० गते विहान ११ बजे आफ्नो ५५ औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश छन्।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत पनि पारित गर्नेछ।



प्रतिक्रिया दिनुहोस !