११ मंसिर २०८१, मंगलबार

चैत्र मसान्तभित्र हातहतियार बुझाउन स्याङ्जा प्रशासनको आदेश

प्रकाशित मिति :  28 March, 2022 12:53 pm


स्याङ्जा । स्याङ्जा जिल्ला प्रशासन कार्यालयले चैत्र मसान्तभित्र हातहतियारहरु बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यलयले एक सूचना जारी गर्दै चैत्र मसान्त सम्म आ –आफ्नो नजिकको प्रहरी चौकीमा हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विशवसिलो बनाउन जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत्र ३० गतेभित्र नजिकैको प्रहरी चौकीमा बुझाउन प्रशासनले सबैमा अनुरोध गरेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यलयले स्याङ्जाले निकालेको एक सूचानामा गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णयाअनुुसार निर्वाचन पछि जिल्ला प्रहरी कार्यलय स्याङ्जा र वडा प्रहरी कार्यलय वालिङबाट सुरक्षितका साथ फिर्ता हुने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !