नेप्से ३० अंकले घट्यो, जीवन विकास लघुवित्तको सर्वाधिक कारोबार
काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३०.४३ अंकले घटेर २५४१.८३ अंकमा झरेको छ यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.०३ अंकले घटेर ४७४.०९ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयर घटेको छ ।
सोमबार नेप्सेमा जीवन विकास लघुवित्तको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड २४ लाख ७० हजार ३ सय ६७ रुपैयाँको कारोबार भएको हो ।
आजको दिन नेप्सेमा राष्ट उत्थान लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज आईसीएफसी फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् कम्पनीको सेयरमूल्य ४.८२ प्रतिशतले घटेको छ ।
कूल २३१ वटा कम्पनीको ४९ लाख ५८ हजार ९ सय १४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५४ करोड ५३ लाख २१ हजार ८ सय १४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।