स्याङ्जामा म्यादी प्रहरीको लागि आवश्यक भन्दा बढीको आवेदन
स्याङ्जा । स्याङ्जा जिल्लामा वैशाख ३० गतेहुने स्थानिय तह निर्वाचनका लागि म्यादी प्रहरीका लागि २ हजार ४९६ जनाले आवेदन दिएका छन् ।
स्याङ्जामा आवशयक १ हजार ३ सय २ जना म्यादी प्रहरीका लागि झण्डै दोब्बरले आवेदन दिएका हुन् ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीका अनुसार अनुमानित २ सय बढी महिला र ७० भन्दा बढी पूर्व प्रहरी ,सेना रहेका छन् ।
चैत्र ६ देखि ११ गतेसम्म ६ दिन म्यादी प्रहरी हुन चाहनेका लाागि आवेदनका समय दिएको थियो र उक्त आवेदकहरुको परिक्षा चैत्र १५ , १६ ,१७ , गते हुने जिल्ला प्रहरी कार्यलयले एक सूचनामा जनाएको छ ।
चैत्र १५ गते १ देखि ८३२ सम्म , १६ गते ८३३ देखि १६६४ सम्म , १७ गते १६६५ देखि २४९६ सम्म दर्र्ता नम्बर भएकाहरुले पुतलीबजार १ को मालेबगरमा शारिरिक परिक्षा दिनेछन् । शरिरिक परिक्षा दैनिक ४ समूहमा विभाजन गरी चैत्र १८ गते लिखित परिक्षा हुने प्रहरी कार्यलयले जनाएको छ ।
त्यसैगरि म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ र त्यो भन्दा अगाडि उनीहरुलाई तालिम दिइने छ । म्यादी प्रहरीको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।