७ फाल्गुन २०८१, बुधबार

अप्ठेरो पर्दा सधै रोल्पा सम्झन्छु : प्रचण्ड

प्रकाशित मिति :  28 March, 2022 5:56 pm



उमा केसी
रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पामा आफूलाई अप्ठेरो भर्दा सधै रोल्पा सम्झने गरेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिवाङमा आयोजित जनसभालाई सम्वोधन गर्दै विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ उर्जालिएर फर्कने गरेको अनुभव सुनाए ।

पछिल्लो राजनैतिक परिवर्तनमा रोल्पाको ठूलो योगदान रहेको भन्दै प्रचण्डले हिजो क्रान्तिको किल्ला रहेको रोल्पा अब विकास र संमृद्धीको किल्ला बन्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेको जनसभामालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धलाई नयाँ उचाई दिन रोल्पा र रुकुमले आधार ईलाकाको रुपमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले रोल्पा नगरपालिकाले सातदोतबाटोमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावरको समेत उद्घाटन गरे । २०५५ मिटर उचाइँमा रहेको रोल्पा नगरपालिका– ३ सातदोबाटोस्थित चुच्चे डाँडोमा भ्यूटावर बनाइँदै छ ।

चक्रेश्वरी/ब्राइट जेभी काठमाडौंले ठेक्का लिएको टावर निर्माणको काम गत असारमा सम्पन्न गर्ने सम्झौता भए पनि समयमा नसकिएपछि म्याद थपिएको थियो ।

११२ फिट अग्लो यो टावरको कुल ठेक्का रकम (भेरियसन समेत) चार करोड ७६ लाख ८७ हजार ६६५ रुपैयाँ रहेको नगरपालिकाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !