तारेखमा छोड्न माग गर्दै पल शाहले दिए उच्च अदालतमा निवेदन
प्रकाशित मिति : 29 March, 2022 2:56 pm
काठमाडौं । नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।
आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी थुनामुक्त गर्न माग गर्दै शाहले मंगलबार निवेदन दिएका उच्च अदालत पोखराका उप रजिष्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार पल शाहलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश बदर गरी पाऊँ भनेर यहाँ निवेदन परेको छ ।
१० चैतमा तनहुँ जिल्ला अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए पाँचौ दिन शाह उच्च अदालत पुगेका हुन् ।