२० आश्विन २०८१, आइतबार

सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन

प्रकाशित मिति :  29 March, 2022 3:08 pm


काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ।
मंगलबार बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।



प्रतिक्रिया दिनुहोस !