नेप्से परिसूचक दोहोरो अंकले घट्यो, शिवम् सिमेन्टको सर्वाधिक कारोबार
काठमाडौं । विगत केही दिनदेखि ओरालो लागेको सेयरबजारले आज पनि निरन्तरता दिएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.२६ अंकले घटेर २५२७.५८ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ४७१.९३ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज होटल तथा पर्यटन समूहबोहक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको अग्रस्थानमा छ । कम्पनीको ७ करोड ९१ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज एनआईबिएल समृद्धि फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.७३ प्रतिशतले घटेको छ ।
कूल २२५ वटा कम्पनीको ३८ लाख ९० हजार एक सय ३१ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७५ करोड ६ लाख २८ हजार एक सय ९९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।