५ आश्विन २०८१, शनिबार

दुई अर्ब लगानीमा दुर्गा प्रसाईँले खोले तरकारी बजार

प्रकाशित मिति :  30 March, 2022 9:06 am


भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।

व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन् । सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो । उक्त बजारमा दुई हजार २०० कक्ष रहेका छन् ।

उक्त तरकारी बजारको नाम ‘सूर्यविनायक हरित तथा कृषि थोक बजार’ रहेको छ। चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताए ।

“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, प्रसाँईले भने । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उनको दाबी छ ।

माओवादी छोडेर नेकपा एमालेमा आएका प्रसाँईलाई अध्यक्ष ओलीले केन्द्रीय समितिमा मनोनित गरेका थिए। व्यवासायी प्रसाँई एमालेको उद्योग विभागका उपप्रमुख छन्।



प्रतिक्रिया दिनुहोस !