अखिल नेपाल महिला संघ स्याङ्जाको अध्यक्षमा सरस्वती भट्टराई चयन
स्याङ्जा । अखिल नेपाल महिला संघ स्याङ्जाको अध्यक्षमा सरस्वती भट्टराई चयन भएकी छन् । स्याङ्जामा सम्पन्न अखिल नेपाल महिला संघ जिल्ला कमिटी स्याङ्जाको सातौँ जिल्ला अधिवेशनबाट भट्टराई निर्विरोध चयन भएकी हुन् ।
त्यसैगरी उपाध्यक्षमा मञ्जु केसी र तिल कुमारि रेग्मी, सचिवमा शान्ति गौतम, उप सचिवमा भिमला बराल र कोषाध्यक्षमा मिठु अधिकारीसहित ७१ सदस्य समिति चयन भएको छ ।
सातौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सचिव पदमा अर्यालले गठबन्धन सरकारले गर्ने सबैखाले क्रियाकलापहरु मुलुकको समृद्धि र नागरिकको हित विपरीत भैरहेको बताउदै निर्वाचन गरेर अघि बढ्नु एकमात्र विकल्प भएको बताइन् ।
एमालेलाई चौतर्फी हमला र गरेको र त्यसले एमालेलाई भन्दा मुलुकलाई अहित हुने उनको भनाई थियो । ‘एमाले पार्टीको भविष्य के होला भनेर त्यसको चिन्ता गठबन्धनले लिनु पर्दैन । मुलुक र नागरिकको भविष्य बारे चिन्ता लिनुस,’ उनले भनिन ।
एमाले एक्लै चुनाव लड्ने हिम्मत राख्ने बताउदै उनले एमालेलाई कमजोर नठान्न गठबन्धनलाई चेतवानी समेत दिइन् ।