सुनकोशी ३ नम्बर वडामा अधिकारीले गरे स्वतन्त्र उम्मेद्वारको घोषणा
सिन्धुली । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकेसँगै स्थानीय तहमा उम्मेद्वारी दिनेहरुको लर्को लागेको छ । त्यसैगरि अहिलेको निर्वाचनलाई हेर्ने हो भने मुलुकका विभिन्न ठाउँहरुमा पार्टी भन्दा माथि उठेर स्वतन्त्र उम्मेद्वारी दिने क्रम बढ्दो छ । त्यसैमा परेका छन् सिन्धुली सुनकोशी गाउँपालिका ३ का रामचन्द्र अधिकारी । उनले वडा नम्बर ३ मा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् ।
अहिलेसम्म विभिन्न व्यक्तिहरुले वडालाई हाकेर त्यति चित्त बुझँदो काम नगरेकोले उम्मेद्वारी घोषणा गरेको बताए । उनले लुम्बिनी संचार सँग भने,“अहिलेसम्म बनेका वडा अध्यक्षहरुले विकास भनेको डाडाँ डाडाँमा डोजर चलाएर सडक बनाउनलाई मात्र माने तर शिक्षा, स्वास्थ्य, र कृषिलाई कहिलेपनि हेरेनन् । त्यसकारण मैले स्वतन्त्रबाट उम्मेद्वारी घोषणा गरेको हुँ ।”
अधिकारी उच्च शिक्षा र रोजगारको लागि भनेर केही वर्ष अघि जापन गएका थिए र भर्खरै जापानबाट फर्किएका हुन् । जापानमा हुँदा नै समाज परिवर्तन गर्नुपर्छ र जन्मथलो छोडेका युवाहरुलाई गाउँनै फर्काउनुपर्छ गाउँ विकास गर्ने सोच आएको उनले बताए ।
आफ्नो प्रथामिकता स्वास्थ्य, कृषि र शिक्षा भएको बताए । उनले भने,“मेरो पहिलो प्रथामिकता कृषि क्षेत्रबाट वडावासीलाई स्वारोजगार बनाउने हो । दोस्रो शिक्षा यदि शिक्षाको पहुच सबैमा भएन भने हाम्रो समाज अझै दश प्रन्ध वर्षको लागि अन्धकार तर्फ धकालिन्छ त्यसैकारण सविंधानमा उल्लेख भएजस्तै नि:शुल्क शिक्षा, सफाखानेपानी, सिचाईँ र सरसफाईजस्ता कुराहरुलाई प्रथामिकता राखेर अघि बढ्ने छु ।”
उनले सबैभन्दा पहिले वडामा भएका सबैलाई स्वरोजगार बनाउन पहल गर्ने बताएका छन् । “वडामा धेरै कृषि योग्य जमिन भएको तर किसानले खेती पनि गरिरहेका छन् तर त्यसको बजारीकरण हुन नसक्दा कृषक मारमा परेका छन् । त्यसैको माध्यमबाट स्वरोजगार बनाउने छु,” अधिकारीले भने ।
उनले दुई वर्षभित्र सरकारी स्कुल पूर्ण निशुल्क र गुणस्तरीय निजी विधालयहरु सँग प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउने बताएका छन् । उनले भने,“सरकारले वर्षेनी शिक्षामा लगानी गरिराखेको छ तर त्यो कसरी खर्चा भइराखेको छ । शिक्षा गुणस्तरिय भएको छैन झने खस्कँदै गइराखेको छ । त्यसलाई सुधारेर निजी विद्यालयसँग प्रतिस्पर्धा गर्ने बनाउँने छु ।”
बिरामी भएर उपचार नपाई मृत्युको मुखमा पुग्ने दुखदायी अवस्थाको अन्त्य गर्ने बताएका छन् । वडामा निशुल्क एमवुलेन्स सेवा सुचारु गरेर स्वस्थ वडा बनाउन पहल गर्ने उनले बताए ।सभ्यसमाज र वौदिक समाज निर्माणका लागि आवशयक पर्ने पूर्वाधारहरु बनाउने पनि बताएका छन् ।
उनले भने,“ वडामा पुस्तकालयहरु छैनन्, सडक बनाउन डोजरमात्र कुदाइराखेका छन् स्तरोन्नती भएका छैनन्, पराम्परागत चल्दै आएका संस्कृतिक पर्वहरु मासिन लागिसके जोगाउन पहल गरेका छैन यो सबै स्त्तरोन्नती गर्ने छु ।”