स्थानीय तहको निर्वाचनमा स्याङ्जाबाट १३ दलका उम्मेदवारले भाग लिने

स्याङ्जा । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्याङ्जाबाट १३ दलका उम्मेदवारले भाग लिने भएका छन् । जिल्लाबाट राष्ट्रिय मान्यता प्राप्त ५ दलसहित सहित अन्य ८ वटा दलले आफ्नै चुनाव चिन्हबाट उम्मेदवारी दिन पाउने भएका हुन् ।
स्थानीय तह निर्वाचनमा स्याङ्जाबाट १३ दलका उम्मेदवारहरुले भाग लिन पाउने छन् । राष्ट्रिय जनमुक्ति पार्टी ,राष्ट्रिय प्रजातन्त्र पार्टी ,मौलिक जरोकिलो पार्टी, नेपाली काँग्रेस, सामाजिक एकता पार्टी ,मंगोल नेशनल अर्गगनाइजेशन , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल , नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी , राष्ट्रिय जनमोर्चा ,नेपाल परिवार दल ,विवेकशील साझा पार्टी , उन्नत लोकतन्त्र पार्टी , नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) पार्टी रहेका छन् ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जिल्लामा ३१८ मतदान केन्द्र र १९९ मतदानस्थल कायम गरेको छ । निर्वाचन प्रयोजनका लागि आयोगले सबै जिल्लामा चैत १६ देखि कल सेन्टर समेत स्थापना गरेको छ ।
जिल्लामा मुख्य गरि कांग्रेस, माओवादी केन्द्र, एमाले पार्टी बिच चुनावी लडाँइ चल्ने छ । २०७४ को स्थानीय निर्वाचनमा भन्दा फरक चुनावी आँकाडा ल्याउने भन्दै पार्टीहरुले चुनावी प्रचारप्रसार गरिरहेका छन् ।