११ मंसिर २०८१, मंगलबार

आजदेखि ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन

प्रकाशित मिति :  30 March, 2022 1:59 pm


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आजदेखि साढे दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । बैंकले चैत्र १६ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘प्राइम डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।
बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २५ लाख इकाइ ऋणपत्र जारी गरेको छ । कुल इकाइमध्ये बैंकले १५ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बाँकी १० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
दसवर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज पाउनेछन्।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतममा ५ लाख इकाइसम्म आवेदन दिन पाउनेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डले यो ऋणपत्रलाई गत फागुन २३ गते निष्कासन अनुमति दिएको थियो । बैंकले उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त ऋणपत्रको निष्कासन बन्द छिटोमा चैत २१ गते र ढिलोमा चैत ३० गते बैंकिङ समयपछि हुनेछ ।



प्रतिक्रिया दिनुहोस !