५ आश्विन २०८१, शनिबार

वालिङ नगरपालिकामा पशुपालक कृषकहरुलाई घरमै सेवा

प्रकाशित मिति :  30 March, 2022 3:07 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले पशुपालक कृषकहरुलाई घरमै सेवा दिने उद्देश्यले घर घरमै औषधिसहित पशु प्राविधिकहरु खटाउन शुरु गरेको छ ।

पशुपालन कृषकहरुले ब्यवसाय सन्चालन गर्दै गर्दा आईपर्ने प्राविधक समस्याहरुका बारेमा कार्यलयमा आईरहनुपर्ने अवस्थाको अन्त्य गर्दै घर आँगनमै सेवा दिने मुख्य उद्देशयसहित यो अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताएका छन् ।

औषधिसहित प्राविधिकहरु घर घरमै पुगेर विशेष गरी दुधालु गाईभैंसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई अभियानकोरुपमा सञ्चालन गरेका हौ ,उनले भने ।

त्यसैगरि ब्यवसायिकरुपमा गाईभैंसी, बाख्रापालन गर्ने कृषकहरुसँग घर घरमै पुगेर ब्यवसाय सञ्चालनका क्रममा आईपरेका समस्याहरुकाबारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, निशुल्क औषधि वितरण गर्ने र आवश्यक परामर्श दिईने उनले जानकारी दिए ।

साथै नगरभित्रका १४ वटै वडाका कृषकहरुको घरघरमा पुगेर सेवा दिइने छ ।



प्रतिक्रिया दिनुहोस !