४ आश्विन २०८१, शुक्रबार

नेपाल टेलिकमले ल्यायो अल नेट भ्वाइस प्याक अफर

प्रकाशित मिति :  30 March, 2022 5:17 pm


काटमाठौं । नेपाल टेलिकमले सबैै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने सस्तो मूल्यका अल नेट भ्वाइस प्याक सेवा उपलब्ध गराउने भएको छ ।

हाल उपलब्ध भइरहेका विभिन्न प्रकारका अननेट भ्वाइस प्याक कायम राख्दै तिनमा थप सुविधासहित किफायती मूल्यमा विभिन्न प्रकारमा अल नेट भ्वाइस प्याक उपलब्ध गराउन लागेको हो।

यसका साथै सेवाग्राहीको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन्।

नयाँ सुविधा अनुसार ग्राहकले जुनसुकै नेटवर्कमा केवल २६५ रुपैँयामा २८ दिनसम्म ५०० मिनेट कुराकानी गर्न सकिनेछ । यसैगरी ५५० रुपैँयामा ३५ दिनको लागि १२०० मिनेट कुराकानी गर्न सकिने छ ।

यसैगरी ग्राहकले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न मात्रै २५ रुपैँयामा अनलिमिटेड अल नेट डे भ्वाइस प्याक लिन सक्ने छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म रु.२५ मै अनलिमिटेड अल नेट नाइट प्याक लिन सक्ने छन् ।

साथै, आवश्यकता अनुसार ग्राहकहरुले बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म रु. १२ मा ३० मिनेट र रु. १५ मा १२० मिनेट कुरा गर्न अल नेट डे भ्वाइस प्याक लिन सक्ने छन् ।

यसका अतिरिक्त नेपाल टेलिकमले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । ग्राहकहरुले नेपाल टेलिकम नेटवर्क भित्र रु ५९९ मा २८ दिन सम्मको लागि पाउँदै गरेको असिमित कुराकानी प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न र १ जीबी डाटा चलाउन पाउने सुविधा थप गरिएको छ ।

साथै, रु। ७९९ मा टेलिकम भित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ ।

अब देखि रु.९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिनेछ ।

त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् ।

नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ बैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ । टेलिकमले पहिलेदेखि नै उपलब्ध गराइरहेका अन्य विभिन्न प्याकहरु यथावत नै रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !