५ आश्विन २०८१, शनिबार

कृषि उपकरण वितरण

प्रकाशित मिति :  31 March, 2022 2:25 pm


दमौली । मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँका कृषकलाई कृषि उपकरण वितरण गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोक र भाटडाँडाका कृषकलाई गण्डकी प्रदेश सरकारको सहयोगमा कृषि उपकरण वितरण गरिएको हो ।

प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लगानीमा हाते ट्र्याक्टर वितरण गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए।

उनका अनुसार चार कृषकलाई हाते ट्र्याक्टर वितरण गरिएको छ । हाते ट्र्याक्टर पाउनेमा टेकनारायण कोइराला, कुमार परियार, कृष्णबहादुर गुरुङ र गुनबहादुर गुरुङ रहेका छन् ।

यसैगरी भकारो सुधार कार्यक्रममार्फत् राजु नेपाली, चेतबहदुर नेपाली, प्रकाश परियार, रिना भुजेल, कृष्णप्रसाद कोइराला, चन्द्रबहादुर हमाललाई सहयोग गरिएको छ । प्लाष्टिक टनेल निर्माणका लागि नवराज गौतम, नुमबहदुर गुरुङ, शान्तामाया थापा, बालकुमारी श्रेष्ठ, तिलबहादुर श्रेष्ठलाई सहयोग गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले कृषि उपकरण वितरण गर्दै निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउन सरकारले यो कार्यक्रम सञ्चालन गरेको बताए ।

निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमूना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले विसं २०७५ चैत १० गतेदेखि प्रदेशभर यो कार्यक्रम लागू भएको घोषणा गरेको थियो ।

सोही बमोजिम तनहुँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनीलगायतका गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ कार्यक्रम लागू गरिएको हो ।रासस



प्रतिक्रिया दिनुहोस !