११ मंसिर २०८१, मंगलबार

नेप्से दोहोरो अंकले घट्दा खुम्चियो कारोबार रकम

प्रकाशित मिति :  31 March, 2022 3:52 pm


काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये टे«डिङ उपसमुह बाहेक अन्य १२ वटा उपसमुहको सेयर घटेको छ ।

आज नेप्सेमा कारोबार रकमको आधारमा इमर्जिङ नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड २३ लाख ८४ हजार२ सय ४८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । त्यस्तै अन्य २ कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

आज नारायणी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.७९ प्रतिशतले घटेको छ ।

कुल २२८ कम्पनीको ३७ लाख ८७ हजार ४५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८९ करोड १ लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !