५ आश्विन २०८१, शनिबार

भीरकोटमा बङ्गुरका पाठापाठी वितरण

प्रकाशित मिति :  3 April, 2022 12:24 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकाले ५० वटा बङ्गुरका पाठापाठी वितरण गरेको छ । भीरकोटमा रहेका ९ वटा वडाका आर्थिक रुपमा विपन्न दलित परिवारलाई पहिलो चरणमा ५० परिवारलाई दलित सशक्तीकरण अभियान अन्तर्गत एक वटाका दरले बङ्गुरका पाठापाठी वितरण गरिएको दलित सशक्तीकरण अभियान, भीरकोटका अध्यक्ष सुवास गहतराजले जानकारी दिए ।

नगरप्रमुख छायाराम खनालका अनुसार दिगो विकासको लक्ष्य अनुरुप गरिबी निवारण र सामाजिक न्याय स्थापना गर्ने उद्देशयले नगरपालिकाले दलित सशक्तिकरण अभियानलाई प्राथमिकतामा राखेको र दलितहरूको वास्तविक जनसंख्या पत्ता लागाई उनीहरूको सशक्तीकरणका विविध कार्यक्रमहरू तय गरिसकेको खनालले बताए ।

त्यसैगरि नगरपालिका र दलित सशक्तीकरण अभियानको सहकार्यमा संकलन गरिएको तथ्यांक अनुसार भीरकोट नगरपालिकामा दलित परिवारको घरधुरी संख्या ८८१ र दलितहरूको जनसंख्या ४७५४ छ । जसमध्ये महिलाहरूको जनसंख्या २३४३ र पुरूषहरूको जनसंख्या २४११ रहेको छ। अतिविपन्नको परिवार संख्या ११२, विपन्न परिवार संख्या २०५ मध्यम परिवारको संख्या २९९ , सम्पन्न परिवारको संख्या १७३ र अतिसम्पन्न परिवारको संख्या ७२ रहेको छ।



प्रतिक्रिया दिनुहोस !