१० मंसिर २०८१, सोमबार

तनहुँमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने

प्रकाशित मिति :  3 April, 2022 2:35 pm



तनहुँ । तनहुँमा ७५ हजार भन्दा बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिना देखि १५ वर्षमुनि का सबै बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

टाइफाइडका कारण ज्यानै जोखिममा पार्न सक्ने भएकाले खोप लगाउन सबैले जागरुग गराउनपर्ने कार्यालयले जनाएको छ ।
धेरै सख्यांमा विद्यार्थी भएको विद्यालयमै खोपकेन्द्र राखेर खोप लगाइने छ भने कम विद्यार्थी भएको विद्यालयलाई नजिकका विद्यालय वा स्वास्थ्य केन्द्र मार्फत् खोप लगाउने व्यवस्था मिलाइने छ ।

चैत २५ देखि २९ गतेसम्म पहिलो चरणमा र चैत ३० गतेदेखि वैशाख ३ गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ । विगतमा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्था साथै हाल उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा खोप लगाउन नहुने कार्यालयले जनाएको छ ।

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य दुखाइ, सुन्निने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरु दुख्ने हुने भएपनि विस्तारै ठिक हुने कार्यालयले जानकारी दिएको छ ।

यसका साथै टाइफाइडका मुख्य लक्षण जस्तै उच्च ज्वरो आउने, टाउको दुख्ने,जिउ दुख्ने, पसिना आउने र जिब्रोमा सेतो लेत लागेमा समयमै सचेत हुन पनि कार्यालयले अनुरोध गरेको छ । स्वास्थ्य कार्यालयकाको चिल्ड्रेन असिस्टेन्टस्टे वीरेन्द्र चौधरी का अनुसार खोप टोलीमा खोप दिने स्वास्थ्यकर्मी कम्तिमा एक जना र आवश्यकता अनुसार थप गरिनेछ ।

प्रत्येक खोप केन्द्रमा एक जना महिला स्वास्थ्य स्वयंसेविका र अनिवार्य रुपमा एक जना तोकिएको महिला शिक्षिका खटाईनेछन् । विद्यालय बाहिर खोपकेन्द्र भएमा एक जना स्वयंसेविका र खोपकेन्द्र नरहेको नजिकको विद्यालय बाट महिला शिक्षिका एक जना लाई स्वयंसेवक छनौट गरिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !