८ पुस २०८१, सोमबार

त्रिकोणात्मक सिरिज फाइनल: नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

प्रकाशित मिति :  4 April, 2022 2:40 pm


काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ ।

नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी-२० अन्तर्गत उपाधि भिडन्तमा पहिले ब्याटिङ गरेको नेपालले पिएनजीलाई १६९ रनको लक्ष्य दिएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा पिएनजीले टस जितेर बलिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६८ रन जोड्यो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरे। उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा ५४ रन जोडे । ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी समेत बने । करण केसीले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ५ चौका र १ छक्कासहित अविजित ३३ रन बनाए ।

त्यस्तै, नेपालका ओपनरद्वय कुशल भुर्तेल २५ र आसिफ शेख २९ रन जोडे।

पीएनजीका लागि कमेअले ४ ओभर बलिङमा १ ओभर मेडेन राख्दै २८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै चाड सोपर, काबुअ मोरेय र रिले हेकुरेले समान १/१ विकेट लिए ।

नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो भने पीएनजी उपविजेताका रुपमा फाइनलमा प्रवेश गरेको हो । ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानको नेपाल अपराजित भइ फाइनल जित्ने लक्षसहित मैदानमा उत्रीएको हो।

नेपाल पीएनजीलाई हराएर एकदिवसीय सिरिजमा क्लिन स्विपको बदला लिन चाहन्छ ।



प्रतिक्रिया दिनुहोस !