१० मंसिर २०८१, सोमबार

भीरकोट नगरपालिकामा सात हजार बढि बालबालिकालाई टाईफाईड विरुद्धको खोप लगाइने

प्रकाशित मिति :  4 April, 2022 3:10 pm


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा चैत्र २७ गतेदेखि ३० गतेसम्म टाइफईड विरुदको खोप सञ्चालन गरिने भएको हो ।

नगरपालिकामा रहेका ९ वटा वडामा ४५ केन्द्रहरु बनाएर खोप कार्यक्रम सञ्चालन गरिने छ । नगरपालिकामा आयोजित टाइफाइड रोग विरूद्धको खोप अभियान तथा टाइफाईड खोप सुरूवात सम्बन्धि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा सो जानकारी दिइएको हो।

नगरपालिकाका वडाहरुमा करिब ४५ वटा खोप केन्द्र मार्फत १५ महिना माथि र १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुदको खोप लगाइने नगर स्वस्थ्य शाखाका प्रमुख नारयण बन्धु अर्यालले जानकारी दिए । २७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने कार्यक्रममा भीरकोटका ७२७४ जना बालबालिकालाई टाइफाईड विरुदको खोप लगाउने अर्यालले बताए ।

साथै टाइफाईड विरुदको खोप अभियानमा भीरकोटमा करिब ४५ जना स्वस्थ्य कर्मचारी र ९० जना स्वयंमसेवकलाई खटाएर खोप अभियानलाई सफल बनाउन नगरपालिकाका सम्पूर्ण स्रोत साधान परिचालन गर्ने अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !