१२ मंसिर २०८१, बुधबार

वालिङमा नगरपालिकामा अर्गानिक अचारघरको शुभारम्भ

प्रकाशित मिति :  7 April, 2022 12:15 pm


स्याङ्जा । वालिङ नगरपालिकामा अर्गानिक अचारको व्यवशायीक उत्पादन र बिक्रिबितरण शुरु गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने मुलनाराका साथ वालिङमा अर्गानिक अचारघर सञ्चालनमा ल्याईएको हो ।

अचारघरको शुभारम्भ गर्दै नगरप्रमुख दिलिपप्रताप खाँणले स्थानीय उत्पादनको प्रयोग गर्दै शुरु गरिएको अभियानलाई नगरपालिकाले साथ दिने बताए ।

नगरपालिकाले कोशेली घरको समेत सञ्चालनमा ल्याउन लागेको जानकारी गराउदै नगरप्रमुख खाँणले स्थानीय उत्पादनसँगै बाईप्रडक्टमा जोडिनु पर्ने बताए ।

उनले भने वालिङ नगरपालिका, युएनिडपी नेपाल र दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ ८ बाणिज्य टोलमा अचार घर सञ्चालनमा ल्याईएको हो ।

महिलाहरुको सक्रियतामा अचारको उत्पादन शुरु भएको भन्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन बढाउन र बजारीकरणका लागि आफूहरुले सहजीकरण गर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !