वालिङ नगरपालिकाले पाँच वर्षको अवधिमा ६१ वटा कानुन बनाई लागू
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले पाँच वर्षको अवधिमा ६१ वटा कानुन बनाई लागू गरेको छ । संघीय संरचनाको शु्रुवातसँगै स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग समाझदारीं गरि आफैँ कानुुन बनाएर लागू गर्न पाउने भएपछि वालिङ नगरपालिकाले ६१ वटा कानून निर्माण गरेको हो ।
नगरपालिकाले २०७४ देखि हालसम्म १८ वटा ऐन,६ वटा नियमावली, ३ वटा निर्देशिका र ३४ वटा कार्यविधि बनाएर लागू गरेको नगर प्रमुख दिलिपप्रताप खाँणले जानकारी दिए ।
१८ वटा ऐन नगरसभाबाट स्वीकृत गरी राजपत्रमा प्रकाशन भएसँगै कार्यान्वयनमा ल्याईएको हो भने नियमावली, निदेशिका र कार्यविधिहरु कार्यपालिकाको बैठकबाट स्वीकृत गरी राजपत्रमा प्रकाशनपछि कार्यन्वयनमा आएका हुन् ।
कानुनु निर्माणका क्रममा सरोकारवाला तथा समुदायहरुसँग छलफल गरी सम्बन्धित विषयविज्ञको सहायतामा कानून निर्माण गर्दा त्यसको प्रभावकारी कार्यन्वयन नागरिकले लागू गर्ने खालको हुनुकासाथै दिगो हुने खाँणले बताए ।