९ मंसिर २०८१, आइतबार

सुनकोशी ३ मा स्वतन्त्र उम्मेद्वारको घोषणापत्र सार्वजनिक

प्रकाशित मिति :  15 April, 2022 11:55 am


सिन्धुली । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित पारेर विभिन्र जिल्लामा उमेद्धार घोषण गरेका व्यक्तिहरुले चुनाव जितेपछि आफूले गर्ने कार्यहरु र आफ्नो योजनाहरु जनता सामु देखाउन थालेका छन् ।

त्यस्तै स्वतन्त्र वडा अध्यक्ष उमेदवार घोषण गरेका सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका वडा नम्बर ३ का रामचन्द्र अधिकारीले नयाँ वर्षको अवसरमा चुनाव जितेपछि गर्ने योजना जनता सामु देखाएका छन् ।

उनले चुनाव जिते पस्चात आउने सरकारी तलब भत्ता लगायत अन्य सुविधा नलिने घोषण गरेका छन् ।

उनले भने, “यो भनि रहदा विभिन्र ठाउँबाट प्रशन आउन सक्छ ,जीवन कसरी चलाउने भनेर, तर जीवन चलाउन कुनै समस्या छैन हाम्रो वडामा अधिकांश जग्गा जमिनहरु बाँझो रहेका छन् ,त्यी जमिनहरुमा कृषि गर्ने र उत्पादनसँग जोडिदा आर्थिक रुपमा कुनैपनि समस्या रहँदैन।”

कुनैपनि जनता आर्थिक अभावले सामान्य उपचारबाट बन्चित नहोस् भनि जनताको उपचारको लागि वडा उपचार कोशको स्थापना गर्ने र त्यसको लागि रकम संकलनको लागि आफू विजय भएपछि आफ्नो तलब भत्ता सहित देश विदेशमा रहेका वडाबासीहरुलाई सहयोग गर्न आह्वान गर्ने र आएको रकम जनता सामु सार्वजनिक गर्नेुका साथै वडाको आफ्नै डोमेन बनाएर त्यहाँबाट दैनिक अपडेट गर्ने उनले जानकारी दिए ।

अधिकारी जापनको आरमदायी जीवनलाई त्यागेर नेपालमै केही गर्ने उद्दशेयले नेपाल आएर सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका वडा नम्बर ३ मा स्वतन्त्र उमेदवारको घोषण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !