१२ मंसिर २०८१, बुधबार

एमालेले पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार छान्न निर्वाचन गर्दै

प्रकाशित मिति :  15 April, 2022 1:11 pm


काठमाडौं । पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार सिफारिस गर्ने नेकपा एमालेले महानगरपालिका कमिटीभित्र आन्तरिक निर्वाचन गर्ने भएको छ ।

शुक्रबार चुनावका लागि मनोनयन दर्ता भइरहेको र अहिलेसम्म मेयरमा १२ र उपमेयरमा नौजनाले नाम दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ ।

मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका छन् ।

महानगर कमिटीका ११० सदस्यको मतदानका आधारमा उम्मेदवार सिफारिस सूची तयार हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !