२.२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न सेन्चुरी कमर्सियल बैंकले पायो अनुमति
प्रकाशित मिति : 15 April, 2022 6:06 pm
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैंकलाई २.२० अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति अनुमति दिएको हो । ।
बैंकले १० वर्ष अवधिको ९५ सेञ्चुरी डिबेञ्चर, २०८८ को नाममा २ अर्ब २० करोड रूपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनले चैत्र २९ गते अनुमति प्रदान गरेको हो ।
निष्कासन गरिने कुल २२ लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ८ लाख ८० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १३ लाख २० हजार कित्ता बिक्री गर्नेछ ।
त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।