खेल र खेलाडीको विकासको लागि नगरपालिका प्रतिबद्ध छ: नगरप्रमुख खाँण
स्याङ्जा । स्याङजाको वालिङ नगरपालिकामा नगरपालिकास्तरीय अन्तर वडा तेस्रो मेयर कप पुरुष भलिबल प्रतियोगिता तथा दोस्रो उपमेयर कप महिला भलिबल प्रतियोगिता वालिङको रामबाच्छा खेलमैदानमा शुरु भएको छ ।
खेलुकद प्रतियोगिताको उद्धघाटन गर्दै नगरप्रमुख खाँँणले खेल र खेलाडिको विकासको लागि नगरपालिका प्रतिवद्ध रहेको बताए ।
खेलकुदको माध्यमबाट पहिचान बनाउन सकिने भएकाले वालिङमा खेलाडिको उत्पादन गरि राष्टिय्र तथा अन्तराष्ट्रिय स्तरसम्म यहाँका खेलाडि पुर्याउन सके वालिङको विकास हुने बताए ।
प्रतियोगितामा पुरुषतर्फ वालिङ नगरका १४ वटै वडाका १४ टिम र महिलातर्फ ५ टिमको सहभागिता छ । प्रतियोगितामा पुरुषतर्फ प्रथमले ६५ हजार, द्धितियले ४१ हजार र तृतिय हुने दुई समुहले ३०/३० हजार नगद सहित मेडल प्रमापत्र प्राप्त गर्नेछन् भने महिलातर्फ प्रथमले ४० हजार, द्धितियले २० हजार र तृतियले १४ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता बैशाख ६ गतेसम्म सञ्चालन हुनेछ ।