वालिङ नगरपालिकामा हरित पुर्नउत्थान प्रर्वद्धन परियोजना सम्बन्धी अन्तरक्रिया सम्पन्र
स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा हरित पुर्नउत्थान प्रर्वद्धन परियोजना सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
वालिङ नगरपालिका, युएनडिपी र वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा वालिङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुकाबीच फोहोरमैलाको ब्यवस्थापन, अर्गानिक तरकारी खेती तथा उद्यमशिलता वा नवप्रवर्तनको दीगो ब्यवस्थापनका विषयमा छलफल गरिएको हो ।
कार्यक्रममा बोल्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले सबै मिलेर वालिङ नगरलाई आर्थिक समृद्धितर्फ लैजानुपर्नेमा जोड दिइन्। नगरपालिकाले फोहोरमैलाका क्षेत्रमा गरेका कार्यहरुलाई नगरबासीको सहयोगबाट नै दीगो र प्रभावकारीरुपमा अगाडि बढाउँदै लगेको उनको भनाई छ ।
कार्यक्रममा फोहोर ब्यवस्थापन विज्ञ डा. ढुण्डीराज पाठक, वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष नेत्रप्रसाद सुबेदी, लगायतको उपस्थित रहेको थियो ।