१२ मंसिर २०८१, बुधबार

बुटवल उपमहानगर प्रमुखमा खेलराज पाण्डेलाई उठाउने कांग्रेसको निर्णय

प्रकाशित मिति :  19 April, 2022 3:19 pm


बुटवल । नेपाली कांग्रेसले बुटवल उपमहानगर पालिकाको प्रमुखको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेसले मेयरमा नगर सभापति खेलराज पाण्डेलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो।

बुटवल उपमहानगर कमिटीको बैठकले पाण्डेलाई सर्वसम्मत रूपमा मेयरको उम्मेदवार बनाउन सिफारिश गरेसँगै उम्मेदवार टुंगो लागेको हो । पाण्डे २०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका थिए ।

बैठकले नगर प्रमुखमा एक जना सहित उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ । उप प्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी,गंगा पन्थी, राधा ज्ञवाली र सबिता शाक्यको नाम सिफारिस गरिएको छ।

नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरुको अन्तिम टुंगो लाग्ने छ।

सत्तारुढ गठबन्धनले बुटवलको उपमेयर भने नेकपा एकीकृत समाजवादीलाई दिने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !