रूसी केन्द्रीय बैंकले शुरु गर्यो नयाँ भुक्तानी प्रणाली
प्रकाशित मिति : 19 April, 2022 4:08 pm
काठमाडौं । रूसी केन्द्रीय बैंकले क्रेडिट संस्थाहरूको राष्ट्रिय दर्तामा हेलो नामक नयाँ भुक्तानी प्रणाली समावेश गरेको छ।
विदेशी वित्तीय संस्थाहरू जस्तै पुनर्निर्माण र विकासको लागि युरोपीयन बैंक, जर्मन इन्भेस्टमेन्ट कर्पोरेशन र इन्टरनेशनल फाइनान्स कर्पोरेशन लगायातको संस्थाहरूको अंश रहेको रूसी वाणिज्य बैंक ट्रान्सक्यापिटलले हेलो भुक्तानी प्रणाली शुरु गरेको हो । यस नयाँ प्रणालीबाट रकमान्तरण गर्न सकिने जनाइएको छ।