७ आश्विन २०८१, सोमबार

रुसद्वारा युक्रेनी शहर मारिउपोल कब्जाको घोषणा

प्रकाशित मिति :  21 April, 2022 2:55 pm


काठमाडौं । रसियाले युक्रेनको महत्वपूर्ण भू-भाग मारिउपोल कब्जा भएको घोषणा गरेको छ ।

रुसी रक्षामन्त्री रुसी रक्षामन्त्री सर्गेई सोइगुलाईले राष्ट्रपति भ्लादिमिर पुटिनलाई मारियुपोल कब्जा भएको जानकारी गराउँदै स्टिल प्लान्टभित्र झण्डै २ हजार युक्रेनी सेना रहेको जानकारी गराएका छन् ।

रक्षामन्त्रीको ब्रिफिङपछि राष्ट्रपति पुटिनले स्टिल प्लानटमा विध्वमंसात्मक तरिकाले कारबाही नगर्न आफ्ना सेनालाई निर्देशन दिएका छन् । उनले प्लान्टलाई घेरेर राख्न र आत्मसमर्पण गर्नेलाई अन्तर्राष्ट्रिय महासन्धि अनुसार व्यवहार गर्न भनेका छन् ।

रुसी मिडियाका अनुसार पुटिनले भने,“मलाई लाग्छ कि औद्योगिक क्षेत्रभित्र विध्मंसात्मक कारबाही आवश्यक छैन,सिल गरिनुपर्छ र प्लान्टमा बाँकी रहेकाहरूलाई फेरि एक पटक आफ्नो जीवन र सम्मानजनक व्यवहारको बदलामा आत्मसमर्पण गर्न प्रस्ताव गर्नुपर्छ । ”

युक्रेनले भने प्लान्टभित्र १ हजार सर्वासाधारण र ५ सय घाइते सैनिक रहेको भन्दै बाहिर निस्कन दिनुपर्ने माग गरेको छ । मारियुपोल क्षेत्र युक्रेनको शक्तिशाली मानिने अजोब बटालियनले रुसी सेनाको प्रतिकार गरिहेको थियो ।

पछिल्लो समय आक्रमण रुपमा प्रस्तुत भएको रुसले रणनीतिक हिसाबले महत्वपूर्ण मानिने दक्षिणपूर्वी बन्दरगाह रहेको सहर मारिउपोल कब्जाको घोषणा गरेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !