८ मंसिर २०८१, शनिबार

भारतिय गायिका कनिका कपुरलाई कोराना संक्रमण

प्रकाशित मिति :  20 March, 2020 6:10 pm


काठमाडौं, ७ चैत्र । 

बलिउड गायिका कनिका कपुरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। लखनाउमा रहेकी उनलाई उत्तर प्रदेशको राजधानी लखनाउको केजीएकयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।
पाँच दिन अघि लण्डनबाट फर्किएर कपुरले लखनाउकै एक होटलमा पार्टी पनि दिएकी थिइन्। पार्टीमा करिब पाँच सय मानिस सहभागी थिए।
उनको पार्टीमा सहभागी भएकाहरुको पनि खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्ध्त गर्दै भारतीय सञ्चार माध्यमले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !