३ आश्विन २०८१, बिहिबार

नेपाली कांग्रेस जनकपुरका सभापतिले दिए राजिनामा

प्रकाशित मिति :  22 April, 2022 4:23 pm


काठमाडौं । नेपाली कांग्रेस, जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले राजिनामा दिएका छन् । जनकपूरको मेयरमा जनता समाजवादी पार्टी (जसपा)लाई उम्मेदबार बनाउने भएपछि सभापति साहले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
शुक्रबार पत्रकार सम्मेलन गरेका साहले पार्टीको निर्णय प्रति असन्तुष्टी जनाउँदै जनकपुरमा पार्टी मजबुत हुँदाहुँदै जसपालाई समर्थन गर्ने पार्टीको निर्णय आत्मघाती भएको बताए ।

यसप्रति जिल्ला सभापतिसहित अधिकांश नेता रूष्ट रहेको र आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको उनले बताए ।
स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिन लागेका साहले भने “उम्मेदवारी दर्ता गर्ने समयसम्म नेतृत्वले निर्णय पुनर्विचार गरे मैले पनि राजीनामाबारे सोच्छु ।”



प्रतिक्रिया दिनुहोस !