३ आश्विन २०८१, बिहिबार

काठमाडौं महानगरको मेयरमा आन्दराज जोशीको पहिलो उम्मेदवारी दर्ता

प्रकाशित मिति :  24 April, 2022 12:24 pm


काठमाडौं । राष्ट्रिय यथार्थवादी पार्टी नेपालका आन्दराज जोशीले काठमाडौं महानगरिपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौं महानगरपालिकामा रहेको मुख्या निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

३७ वर्षीय जोशीले सरोज शाहीको प्रस्ताव र सरला शाहीको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी काठमाडौं महानगरपालिका(१९ का बासिन्दा हुन् ।
मनोनयन दर्तापछि पत्रकारसँग बोल्दै जोशीले जित्नभन्दा पनि नराम्रो उम्मेदवारलाई हराउन आफ्नो उम्मेदवारी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !