पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट कृष्ण थापा र उपमेयरमा गुरुङ नै
प्रकाशित मिति : 25 April, 2022 9:55 am
पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा कृष्ण थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले दीपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो। उपमेयरमा मञ्जु गुरूङलाई उम्मेदवार बनाउने निर्णय भएको थियो।
पौडेललाई उम्मेदवार बनाएको विषयमा पार्टीभित्रै असन्तुष्टि र उनको विवादास्पद सिसिटिभी फुटेज विवादमा तानिएपछि उम्मेदवार परिवर्तन गर्न नेतृत्वलाई दबाब बढेको थियो।
पार्टी अध्यक्षसहितका नेताहरुको गृहकार्यपछि कृष्ण थापालाई मेयरको उम्मेदवार बनाउने निर्णय भएको हो। उपमेयरमा भने गुरूङ्गनै उम्मेदवार बनाउने निर्णय गरिएको छ।