१० मंसिर २०८१, सोमबार

महासंघद्वारा एक पालिका एक औद्योगिक ग्रामको माग

प्रकाशित मिति :  27 April, 2022 6:34 am


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्र वा ग्राम स्थापना गर्नुपर्ने जनाएको छ । महासंघले गरेको २०७९÷८० को बजेट पूर्वको छलफल कार्यक्रममा प्रत्येक गाउँपलिकामा पहाडमा १ हजार रोपनी र तराईमा १०० विघा जग्गा पूर्वाधार सहितको औद्योगिक क्षेत्र वा ग्राम स्थापना गर्नुपर्ने जनाएको हो ।

महासंघले कच्चा पदार्थमा लाग्ने भन्सार महसुल तयारी वस्तु भन्दा तीन तह कम हुनुपर्ने र औद्योगिक व्यवसमय ऐन २०७६ को दफाले प्रत्याभुत गरेको सुविधा अर्को ऐनले काट्न नपाउने व्यवस्था गर्न आग्रह गरेको छ ।

तरलताको समस्या पटक पटक आइरहेको भन्दै यसको दिर्घकालिन समाधानको बाटो खोज्नुपर्ने जनाएको छ । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले तरलताको समस्या बारम्बार आइराखेको छ यसलाई कसरी समाधान गर्न सकिन्छ त्यसको बाटो खोज्नुपर्ने बताए । उनले भने,“देशको कन्ट्री रेटिङ गर्नुपर्छ । त्यसले वैदेशिक लगानी, निजी क्षेत्र र बैंकले विदेशबाट ऋण लिन सहज हुन्छ ।”

उनले उत्पादन मुलक उद्योगलाई अन्य व्यवसायभन्दा १ प्रतिशत कम ब्याजदराम कर्जा प्रवाह गर्नको लागि पनि आग्रह गरेका छन् ।

बैंक, वित्तीय संस्था, बीमा, मनि ट्रान्सफरलाई लाग्ने संस्थागत आयकरको दर २५ प्रतिशत हुनु पर्ने माग महासंघले राखेको छ ।
महासंघले पर्यटन पुर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्युनतम भाडा लिई उपयोग गर्न दिनुपर्ने जनाएको छ ।

कम्तिमा ५० वर्षको लागि भाडामा लगाउनुपर्ने त्यस स्वत नविकरण हुने व्यवस्था गर्नुपर्ने माग महासंघले राखेको छ ।
केबलकार परियोजना विशेष प्याकेजको रुपमा व्यवस्था गर्न र धार्मिक पर्यटन, विवाह समारोह, सभा सम्मेलन, खेलकुद, स्वास्थ्य उपचार, स्पा, योग ध्यान, सहासिक पर्यटक आदिको प्रर्वद्धनको लागि एकद्वार सेवा प्रदान गर्नुपर्ने जनाएको छ ।

महासंघले छिमेकी मुलुकबाट वैवाहिक समारोहमा आउँदा गरगहना ल्याउने प्रकृयालाई सहज बनाउन पनि आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !