४ आश्विन २०८१, शुक्रबार

रोल्पाको सुलीचौरमा स्वास्थ्य परिक्षण तथा सरसफाई केन्द्र सञ्चालन, बेलुकी ६ः३० बजेदेखि बिहान ६ः३० बजेसम्म गाडी प्रवेशमा रोक

प्रकाशित मिति :  21 March, 2020 11:32 am


रोल्पा,८ चैत । रोल्पाको सुनिल स्मृती गाउँपालि वडानम्बर-४ले कोरोना भाईरस रोकथामका लागि स्वास्थ्य परिक्षण केन्द्र र सरसफाइ केन्द्र सन्चालन गरेको   छ । ईलाका प्रहरी कार्यालय सुलिचौर रोल्पा,उद्योग बाणिज्य संघ, रोल्पा लगायत सरोकारवालाको सहयोगमा वडा नम्बर-४ को काटधारामा स्वास्थ्य परिक्षण केन्द्र र सरसफाइ केन्द्र सन्चालन गरिएको वडाअध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिए ।

उक्त ठाँउमा विभिन्न ठाउँबाट रोल्पा भित्रिने सम्पूर्ण यात्रुहरुलाई गाडीहरूबाट ओराली साबुन पानीले हात मुख धुन लगाएर स्वास्थ्य परिक्षण गरेर रेकर्ड राखेपछिमात्रै अन्य ठाँउका लागि प्रवेश दिईने छ । त्यस्तै ९ गते देखि बेलुकी ६ः३० बजे देखि अर्को दिन बिहान ६ः३० बजेसम्म रात भर सम्पूर्ण सवारिलाई रोल्पा तिर प्रवेश पनि रोक लगाईएको अध्यक्ष क्षेत्रीले जानकारी दिए । काटधारा पूर्वी रोल्पा प्रवेश गर्ने मुख्य नाका हो ।

रोल्पा प्रवेश गर्ने अर्को महत्वपूर्ण नाका रोल्पाको होलेरीमा १५ शैयाको अस्थायी आईसुलेशन कक्षा तयार हुँदैछ । आज बेलुकीसम्म कक्षाको तयारी पुरा हुँने रुन्टीगढी गाँउपालिकाले जनाएको छ । होलेरीमा हेल्थ डेस्क स्थापना गरि यात्रुको स्वस्थ्य जाँच गरिएको छ । अहिलेसम्म कुनैपनि व्यक्तिका समस्या नदेखिएको डेस्कले जनाएको छ ।

संकास्पद संक्रमित भेटिए रुन्टीगढी-६ मा रहेको नव निर्मित अस्पतालको भवनमा बन्दै गरेको आइसोलेसन कक्ष र वडाको हकमा १ वेडको आइसोलेसन कक्षमा राखिने गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले जानकारी दिए ।

कोरोना भाइरसको नियन्त्रणका लागि नेपाल सरकारले दिएको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रोल्पा,जिल्ला समन्वयन समिति रोल्पा र स्वास्थ्य कार्यालय रोल्पासंगको समन्वयमा वडापालिका स्तरीय तथा गाउँपालिका स्तरीय कोरोना भाइरस नियन्त्रण तथा सर्तकता समिति समेत गठन गरिएको छ । रुन्टीगढी गाँउपालिकामा व्यवस्थापनका लागि ईलाका प्रहरी होलेरी, नेपाली सेना र गाउँपालिका अन्तर्गतका नगर प्रहरीलाई परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !