५ आश्विन २०८१, शनिबार

नेपालको चिया विश्वकै उत्कृष्टः बाेर्ड

प्रकाशित मिति :  27 April, 2022 4:35 pm


रबी थापा-

काठमाडौँ । नेपालमा चिया तथा कफी क्षेत्रको योजनावद्ध विकास गर्न नेपाल सरकारले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ अन्तर्गत छुट्टै बोर्ड स्थापना गरेपछि किसानको स्तरमा चिया खेतीले व्यापकता पाएको बोर्डका कार्यकारी निर्देशक विष्णु प्रसाद भट्टराईले बताएका छन् ।

नेपालको चिया विश्वकै उत्कृष्ट रहेको उनले बताए । नेपाली चिया क्षेत्रको समग्र विकास र प्रवद्धनमा सीमित श्रोत साधन र विविध समस्यामा पनि यो अवस्थामा ल्याई पुर्याउन निजी क्षेत्रको पनि योगदान रहेको भट्टराईको भनाइ छ । 

बोर्डले वैशाख १५ गते मनाउने राष्ट्रिय चिया दिवसको अवसरमा जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा भट्टराईले नेपाली चियाकाे बखान गरेका हुन् । ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्रित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्रे मुल नाराका साथ  भाेली (विहीवार) २६ औँ राष्ट्रिय चिया दिवस मनाइदैछ।

आर्थिक वर्ष ०७७/७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपण गर्दा गरिएकाे छ भने २३ हजार ७४५ मेक्टिन चिया उत्पादन गरेको बाेर्डले जनाएकाे छ । हालसम्म १६ हजार भन्दा बढी  कृषक र ६० हजार भन्दा बढी श्रमिकहरु चियाको बिभिन्र मूल्य श्रंखलामा संलग्न रहेको बाेर्डले जानकारी गरायाे। 

भारत लगायत अन्य मुलकहरुमा समेत नेपालको चिया निर्यात भएको छ । गत आव ०७६/७७ मा २ अर्ब ७८ करोड रुपियाँ बराबरको ११ हजार १८५ मेट्रिक टन  चिया निर्यात भएकोमा आव ०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेक्ट्रिन चिया निर्यात भएको तथ्यांक छ।

नेपाली चियाको ९० प्रतिशत भन्दा बढी निकासी व्यापार भारतसँग रहेकोमा प्रत्येक वर्ष निर्यातमा खडा हुने झन्झटिलो प्रक्रिया तथा नेपाली चिया उच्च गुण्स्तरको हुदाँहुदै पनि अतिनै न्यून मुल्यमा विक्री गर्नु पर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमता अनुसार नाफामुलक बन्र नसकेको भट्टराईको भनाइ छ। 

पत्रकार सम्मेलनमा बाेल्दै उनले भने,  “उत्पादित अर्थोडक्स चियाको बजार प्रवद्धनका लागि आफ्नै ट्रेडमार्क कार्यान्वयनमा ल्याई हालसम्म २६ वटा उद्योगहरुले टे्रडमार्क प्राप्त गर्ने सफल भएको र धेरै उद्योगहरु मापदण्ड पुरा गर्ने चरणमा रहेका छन्।’’ नेपालमा चिया तथा कफी क्षेत्रकाे प्रवर्धनका लागि बाेर्डले विभिन्न कार्यक्रम संचालन गरिरहेकाे छ।



प्रतिक्रिया दिनुहोस !