३ आश्विन २०८१, बिहिबार

सुनकोशी ३ का स्वतन्त्र उम्मेदवार अधिकारीले लौरो पाए चुनाव चिन्ह

प्रकाशित मिति :  1 May, 2022 11:52 am


सिन्धुली । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका ३ का स्वतन्त्र वडाअध्यक्ष पदका लागि उम्मेदवारी दिएका रामचन्द्र अधिकारीले लौरो चुनाव चिन्ह पाएका छन् ।

निर्वाचन आयोगको तालिका अनुसार शनिबार वितरण गरिएको चुनाव चिन्हमा अधिकारीले लौरो चिन्ह पाएका हुन् । मुख्य निर्वाचन कार्यलय सुनकोशी गाउँपालिका ५ रामटार गएर चुनाव चिन्ह लिएका अधिकारी वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी हुन् ।

अधिकारीले चुनाव जितिसकेपछि तलब नलिने घोषण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !