स्याङ्जामा निर्वाचन आचारसंहिता विपरित कार्यहरु नगर्न निर्देशन
स्याङ्जा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्याङ्जा जिल्लामा निर्वाचन आचासंहिता विपरीत कार्यहरु बढ्दै गएपछि जिल्ला प्रशासन कार्यलय स्याङ्जाले निर्वाचन आचारसंहिता विपरीत सार्वजनिक क्षेत्रमा राखिएको सम्पूर्ण प्रचारप्रसार सामाग्री २४ घण्टाभित्र हटाउन जिल्लाका सम्पूर्ण राजनितिक दललाई निर्देशन दिएको छ ।
आचारसंहिता उल्लंघन भएको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी राजु पौडेलले एक सूचना जारी गर्दै, राजनितिक दललाई निर्वाचन आचारसंहिता पालना गर्न निर्देशन दिएका हुन् ।
कुनैपनि राजनितिक दल वा उम्मेदवारको निर्वाचन अंकित ज्याकेट, कमिज, भेष्ट, टिस्ट, टोपी, गम्छा, माक्स, लेकेट वा अन्य कुनै किसिमका पहिरान वा लोगो, नलगाउन र १८ वर्ष उमेर पूरा नभएका बालबालिकालाई निर्वाचन प्रचारप्रसार गर्न नलगाउन अनुरोध गरेका छन् ।
साथै निर्वाचन विपरित कार्य गरेको पाइएमा सुरक्षाकर्मीको प्रयोग गरी उल्लेखित प्रतिबन्धित कार्यहरु नियन्त्रण गर्ने र प्रचलित कानुन बमोजिम कारबाहीका लागि निर्वाचन आयोग नेपालमा सिफारिस गरिने बताए ।