१२ मंसिर २०८१, बुधबार

भीरकोट नगरपालिकाका एमाले उम्मेदवार अर्यालको प्रतिबद्धता : सबै नागरिकको स्वास्थ्य बिमा गर्छु

प्रकाशित मिति :  3 May, 2022 1:24 pm


स्याङ्जा । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा केन्द्रका पार्टीदेखि स्थानीय तहका पार्टीले आफ्नो चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् ।

त्यसैगरि भीरकोट नगरपालिकाका मेयरका लागि नेकपा एमालेको उम्मेदवारी रहेका विश्वनाथ अर्यालले पनि आफ्नो चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् । निर्वाचन विजय गरिसकेपछि भीरकोटका तीस हजार नागरिकको स्वस्थ्य विमा गर्ने कुरालाई अर्यालले जोड दिएका छन् ।

अर्यालले एक घर एक रोजगार एंव स्वरोजगार अभियान सन्चालन गर्ने बताए । उनले भने, “नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले समृद्ध नेपाल सुखी नेपालीको नारा बाकेर हिडे जसरी मैले पनि भीरकोटका नागरिकलाई समृद्ध र सुखी बनाउनका लागि कृषि पशुपालन व्यवसायलाई प्रोत्साहन गर्ने, उत्पादन प्रशोधन र बजारीकरणको व्यवस्था गर्ने, निशुःल्क कृषि विमा तथा उत्पादनको आधारमा अनुदानको व्यवस्था गर्ने, प्रविधिको औजारीकरण, सिचाँई योजना विस्तार गर्ने कार्यहरु गर्छु’’ ।

भीरकोटमा कतिपय नागरिकहरु अझैपनि घरविहिन छन्, बालमैत्री नगर घोषण भएता पनि सडकमा बालबालिकाहरु भोकै बस्न बाध्य भएका छन् । त्यसैले त्यसको निम्ती घर बिहिन नागरिकहरुलाई घर बनाइदिने, तथा अभिभावक विहिन बालबालिकाको लागि बाल गृह निर्माण गर्ने उनले बताएका छन् ।

युवाहरुलाई मध्यनजर राखेर अर्यालले एक वडा एक खेलमैदान बनाउने र उनीहरुको लागि प्रशिक्षक राखेर खेलाडी उत्पादन गर्ने कुरामा जोड दिने बताए । बालवालिकालाई समय सापेक्ष आधुनिक वैज्ञानिक प्रविधिक र रोजगार मुलक शिक्षालयको स्थापना गर्नुका साथै, आधारभूत शिक्षाको ग्यारेन्टी र एक शिक्षक एक ल्यापटको व्यवस्था गर्ने र त्यसका साथै हरेक विधालयमा कम्प्युटर ल्याबसहितको स्मार्ट पुस्ताकलय र विज्ञान प्रयोगशालको स्थापना गर्ने अर्यालले बताए ।

बयरघारी –बिरुवा, बयरघारी– पर्वत, बगरेबजार–स्वरेकमैदान, बयरघारी –खिलुङ्गकोट सडकको स्तरोन्रति र कालोपत्रे गर्ने कामलाई अघि बढाउने कुरालाई जोड दिने बताए । साथै विधालयमा छात्राहरुको लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने र शिक्षक बिद्यार्थीसँग मेयर कार्यक्रम संचालन गर्दै बालमैत्री भीरकोट अभियानलाई सार्थक बनाउने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !