२ कार्तिक २०८१, शुक्रबार

भारतको विहारमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु, रोकथामका लागि जनता कर्फयु

प्रकाशित मिति :  22 March, 2020 1:42 pm


एजेन्सी, ९ चैत । भारतको बिहार राज्यको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

मृत्यक व्यक्ति मुंगेरका बासिन्दा थिए र केही दिन अघि मात्रै कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान करिब ९ बजे भएको हो ।उनीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । उनको मृत्युपछि भारतमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।

यस्तै, स्थानीय पत्रकार निरज प्रियदर्शीका अनुसार बिहारमा कोरोनाका अर्का बिरामी एनएमसीएचको आइसोलेशन वार्डमा छन् । ती बिरामी हालै स्कटल्याण्डबाट फर्किएका हुन् ।

इन्डियन मेडिकल रिसर्च एशोसोसिएशनका अनुसार भारतमा कोरोना भाइरसका ३ सय ४१ संक्रमित भेटिएका छन् । संक्रमणको दर बढ्न थालेपछि रोक्न भन्दै भारत सरकारले आज जनता कफ्र्यु लगाएको छ ।



प्रतिक्रिया दिनुहोस !