११ मंसिर २०८१, मंगलबार

निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख दिने सरकारको निर्णय

प्रकाशित मिति :  8 May, 2022 11:55 am


काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले निर्वाचनमा खटिएका म्यादी प्रहरी सहितका सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !