१४ मंसिर २०८१, शुक्रबार

काठमाडौंमा मंगलबारदेखि मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक

प्रकाशित मिति :  9 May, 2022 10:41 am


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको छ ।

जिल्ला प्रशासनले आइतबार एक सूचना जारी गरी वैशाख २७ गते राती १२ बजेदेखि वैशाख ३० गते निर्वाचन मतदान नसकिँदासम्म मदिराजन्य पदार्थको विक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

‘स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ७१ ९मादक पदार्थ निषेध गर्ने० मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनको लागि मिति २०७९ वैशाख २७ गते मंगलबार राती १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्य नगर्नूरनगराउनू हुन’, सूचनामा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !