तुलसीपुर उपमहानगरपालिका–१७ वडाध्यक्षका उम्मेदवार चौधरीको निधन
प्रकाशित मिति : 10 May, 2022 10:35 am
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ ।
नेकपा ९एमाले० बाट उम्मेदवार बनेका चौधरीको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए ।
यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित भएका थिए। चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका हुन । उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।